कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्ल्ड कोचेज कार्यक्रम सुरु

काठमाडौँ — नेदरल्यान्ड्स फुटबल संघ (केएनभीबी) को ‘वर्ल्ड कोचेज’ कार्यक्रम सोमबारदेखि नेपालमा सुरु भएको छ । नेपाल यो कार्यक्रम सञ्चालन गर्ने ६६ औं राष्ट्र हो ।

वर्ल्ड कोचेज कार्यक्रम सुरु

नेपालका लागि नेदरल्यान्ड्सका राजदूत मार्टेन भान डेन बर्ग, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्बाङ, केएनभीबीका स्पेसलिस्ट इन्टरनेसनल सीएसआर पार्टनरसिपका जोहान भान गेइज्न र ‘वर्ल्ड कोचेज’ का इन्स्ट्रक्टर बर्ट जुरमान र प्रमुख प्रशिक्षकमा नेदरल्यान्ड्सका पूर्व स्टार योहान निसकेन्सले एन्फा कार्यालयमा कार्यक्रम सुरुआत गरेका थिए । कोर्समा नेपालका ३० प्रशिक्षक समावेश छन् ।


प्रकाशित : मंसिर २७, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?