कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रग्बी एसियाका अध्यक्ष नेपालमा

काठमाडौँ — रग्बी एसियाका अध्यक्ष काएस अल धलाइ बिहीबार नेपाल आइपुगेका छन् । दशरथ रंगशालामा शनिबारदेखि हुने यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि उनी नेपाल आएका हुन्  ।

रग्बी एसियाका अध्यक्ष नेपालमा

दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुँदै छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।

एसिया रग्बीका सदस्यसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यबाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरीले अध्यक्ष धलाइलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

अध्यक्ष धलाइले यू–१८ रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालले सञ्चालन गर्न लागेकोमा धन्यवाद दिँदै प्रतियोगिता सफल हुने विश्वास ब्यक्त गरे ।

उनले नेपाल एसिया रग्बीको सक्रिय संघमध्ये एक भएको बताउँदै नेपाल गौतम बुद्ध र माउन्ट एभरेष्टको देश भएको हुँदा आउँदा दिनमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउने विश्वास व्यक्त गरे ।


प्रकाशित : मंसिर २२, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?