कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नामिबियासँग नेपाल पराजित

काठमाडौँ — नेपाल आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टुमा बुधबार नामिबियाविरुद्धको खेलमा ८६ रनले पराजित भएको छ । नामिबियाको विन्डहोकस्थित युनाइटेड ग्राउन्डमा भएको खेलमा नेपालको ब्याटिङ फेरि एकपल्ट खराब रह्यो र ठूलो अन्तरको हार बेहोर्न बाध्य रह्यो ।

नामिबियासँग नेपाल पराजित

नेपाल २३ खेलबाट १८ अंकमै सीमित रहेर छैटौं स्थानमा छ । पपुवा न्युगिनी पाँच अंकसहित नेपालको पछाडि रहेको छ । पाँचौं स्थानका यूएईको २७ अंक छ र उसले २६ खेल खेलेको छ । नामिबिया भने ३० खेलबाट ३७ अंकमा तेस्रो स्थानमा छ ।

जितका लागि २ सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रन बनाएर अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ४४ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।

उनी बाहेक दीपेन्द्रसिंह ऐरीले ३४ र ज्ञानेन्द्र मल्लले ३० रन बनाए । यस्तै प्रारम्भिक ब्याटर अर्जुन साउदले २९ रनको योगदान गरे । टस जितेर नेपालले पहिले फिल्डिङको निर्णय गरेको थियो र नामिबियाले ५० ओभरमा सात विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो ।

माइकल भान लिगेनले १ सय ११ बलमा १ सय १९ रन बनाए । उनी नै ‘प्लेयर अफ द म्याच’ पनि भए । यस्तै कप्तान जेरहार्ड इरमुसले ५३ तथा जान निकोल लोफ्टी इटनले ४० रन बनाए । भान लिगेनले तेस्रो विकेटका लागि इरमुससँग लिमेर ९९ रनको साझेदारी गरे ।

नेपाली बलरमध्ये ललित राजवंशी मात्र सफल रहे र उनले ३६ रनमा चार विकेट लिए । यस्तै सोमपाल कामीले दुई तथा सागर ढकालले एक विकेट लिए । अन्य सबै बलर महँगो सावित भए ।

प्रकाशित : मंसिर २१, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?