कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

रविलाई सुरुआती अग्रता

काठमाडौँ — सूर्य नेपाल गल्फ टुरअन्तर्गत पहिलो स्पर्धा सूर्य नेपाल काठमाडौं ओपनमा मंगलबार ६ अन्डर ६२ को स्कोरसहित रवि खड्का अगाडि रहेका छन् । भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि छन् ।

रविलाई सुरुआती अग्रता

भुवन ५ अन्डर ६३ को स्कोरसहित दोस्रोमा छन् । ३ अन्डर ६५ को कार्ड बनाएका शुक्रबहादुर राई तेस्रोमा रहे ।

२ अन्डर ६६ र १ अन्डर ६७ को स्कोर कार्ड बनाएका नीरज तामाङ र रमेश अधिकारी क्रमशः चौंथो र पाँचौं स्थानमा छन् । इभन पार ६८ बनाएका धनबहादुर थापा र जयराम श्रेष्ठले संयुक्त छैटौं स्थान ओगटेका छन् ।

पार ६८ को रोयल नेपाल गल्फ क्लबमा पहिलो दिन १८ होलमा रविले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ पारको पहिलो होलमा इगल बनाए । उनले चौंथो, पाँचौं र आठौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले र फ्रन्टनाइन ४ अन्डर ३० मा सके । यसपछि रविले १०, १२ र १३ औं होलमा एक-एक सट बचाउँदा १५ औं होलमा बोगी खेप्दै ब्याकनाइन २ अन्डर ३२ मा पार गरे ।

रविलाई दबाब दिँदै भुवनले ५ अन्डर ६३ को स्कोरमा खेल टुंग्याए । राम्रो सुरुवात गरेका भुवनले पहिलो, दोस्रो र चौंथो होलमा एक–एक सट बचाए । नवौं होलमा बोगी प्रहार गर्दै भुवनले फ्रन्ट नाइन २ अन्डर ३४ मा पार गरे । यो लयलाई कायम राख्दै १०, १३ र १३ औं होलमा बर्डीको सफलता प्राप्त गरे । उनले ब्याकनाइन ३ अन्डर ३१ मा पार गरे । पीजीटीआई खेलिरहेका शुक्र ३ अन्डर ६५ स्कोर जोड्दै तेस्रो स्थानमा छन् । उनी रविभन्दा ३ स्ट्रोकले पछाडि छन् । फ्रन्टनाइन २ अन्डर ३२ मा टुंग्याउने क्रममा शुक्रले पहिलो, दोस्रो र चौंथो होलमा बर्डी प्रहार गरे । आठौं होलमा भने एक सट खेर फाले । यसपछि उनले १३ औं होलको बर्डीले ब्याकनाइन १ अन्डर ३३ मा सके ।

एमेच्योरतर्फ अजित विके अगाडि छन् । २ ओभर ७० खेल्दै प्रोफेसनल गल्फरद्वय राजेन्द्र श्रेष्ठ प्रधान र प्रदीपकुमार लामासँग ११ औं स्थान बाँडेका अजित दोस्रो स्थानमा रहेका प्रज्ज्वल गुरुङभन्दा ८ स्ट्रोकले अघि छन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् । ३६ होल समाप्तिपछि उत्कृष्ट २१ प्रो र ५ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको खेलमा कट बनाउने छन् ।

कुल ६ लाख ७० हजार पुरस्कार राशिको प्रतियोगिता विजेताले १ लाख १६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?