कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डालास अल स्टार्सको विजयी सुरुआत

काठमाडौँ — नेपालीहरूको स्वामित्व रहेका डालास अल स्टार्सले यूएस ओपन ट्वान्टी–२० क्रिकेटमा विजयी सुरुआत गरेको छ । डालासले सोमबार फ्लोरिडामा न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिल समावेश स्टेलियोन्स क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो ।

डालास अल स्टार्सको विजयी सुरुआत

पहिला ब्याटिङ गरेको स्टेलियोन्स १८.४ ओभरमा ९८ रनमै अलआउट भयो । गुप्टिलले १० बल खेल्दै १ चौकासहित ९ रनमात्र बनाउन सके । आयरल्यान्डका ह्यारी टेक्टरले स्टेलियोन्सबाट सर्वाधिक २२ रन बनाए । उनले २४ बल खेल्दा २ चौका प्रहार गरे । साद अली १२, रमिज राजा जुनियर ९, हमाद आजम र सेड्ली भान सालविक समान ८, क्रिस बेन्जामिन ७ तथा समिट पटेल ६ रनमा आउट भए ।

डालासबाट वेस्ट इन्डिजका पूर्व तीव्र गतिका बलर सेनोन ग्याब्रियलले ३ विकेट लिए । उनले २.४ ओभरमा ९ रनमात्र खर्चेका थिए । खेरी पिइरे, म्याट क्विन र एस्ली नर्सले २–२ तथा फानी तेजा सिमहार्दीले १–१ विकेट लिए ।

ओपनर एडम रोसिङ्टनले ४५ रन बनाएपछि डालासले १६.२ ओभरमै लक्ष्य पूरा गर्‍यो । इंग्लिस ब्याटर रोसिङटनले १६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । उनका ओपनिङ जोडी कप्तान उन्मुक्त चन्दले ९ रन बनाए । जोस कोब १३ र पिइरे १५ रनमा आउट भए । स्टेलियोन्सबाट फिडेल इडवार्डसले २ तथा हरमित सिंह, जोसुआ ललोर र समित पटेलले १–१ विकेट लिए ।


प्रकाशित : मंसिर २०, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?