कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पाकिस्तानविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डको पक्षमा

एएफपी

रावलपिन्डी — इंग्ल्यान्डले पाकिस्तानलाई दोस्रो इनिङ्समा २ सय ६८ रनमा अलआउट गर्दै सोमबार पहिलो टेस्ट ७४ रनले जितेको छ ।

पाकिस्तानविरुद्धको पहिलो टेस्ट इंग्ल्यान्डको पक्षमा

पाकिस्तानले अन्तिम तथा पाँचौं दिन दुई विकेट गुमाएर ८० रनबाट अगाडि खेल्न सुरु गरेको थियो र उसले जितका लागि ३ सय ४३ रनको लक्ष्य पाएको थियो ।

ओली रोबिन्सन र जेम्स एन्डरसनले चार चार विकेट लिँदै पाकिस्तानलाई सस्तोमा आउट गरे । स्पिनर ज्याक लेहले मधुरो प्रकाशबीच अन्तिम ब्याटर नसिम शाहलाई आउट गरेका थिए । एन्डरसनले ३६ रनमा चार विकेट लिए भने यत्तिकै विकेटका लागि रोबिनसनले ५० रन खर्चे ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा ६ सय ५७ रन बनाएको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि ५ सय ७९ रनको स्कोर खडा गरेको थियो ।

इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स भने सात विकेट गुमाएर २ सय ६४ रनमा टुंगेको घोषणा गरेको थियो । यस जितसँगै इंग्ल्यान्डले तीन टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट शुक्रबार मुल्तानमा सुरु हुनेछ ।

प्रकाशित : मंसिर १९, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?