तिलोत्तमा टाइटन्स विजयी


तिलोत्तमा — रुपन्देहीमा जारी जुनियर क्रिकेट लिगको आइतबार भएको खेलमा तिलोत्तमा टाइटन्स विजयी भएको छ । उसले सिद्धार्थनगर वारियर्सलाई ३ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको सिद्धार्थनगरका खेलाडीले सबै विकेट गुमाई १ सय ११ रनको योगफल तयार गरे । जसमा आशिष रोकाले ६३ र अमर मिश्राले ५० रन जोडे । बलिङतर्फ तिलोत्तमाका विपर्सन केसीले ३ तथा सागर भण्डारीले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिलोत्तमाका सन्दिप यादवले नटआउट ७२ र विपर्सन केसीले ७४ रन जोडे । बलिङमा सिद्धार्थनगरका अफ्रोज आलम र रामु यादवले समान २/२ विकेट लिए । टाइटन्सले ७ विकेटको क्षतिमा नै लक्ष्य हासिल गर्दै १ सय १२ रन जोडेको थियो । खेलमा तिलोत्तमा टाइटन्सका विपर्सन केसी म्यान अफ द म्याच बने ।