भ्याली पब्लिक र ग्रिनफिल्ड बास्केटबल च्याम्पियन

काठमाडौँ — आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भ्याली पब्लिकले दोहोरो उपाधि जित्यो । भ्याली सिनियर ब्वाइज र गर्ल्समा च्याम्पियन भएको हो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा विजेता बन्यो ।

भ्याली पब्लिक र ग्रिनफिल्ड बास्केटबल च्याम्पियन

घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्यालीले गोल्डेनपिकलाई ४५–३८ स्कोरले हरायो । भ्यालीका टिशान्त लामाले १६ स्कोर गरे ।

गर्ल्समा भ्याली पब्लिकले काष्ठमण्डपलाई २१–२० ले हरायो । भ्यालीकी मुस्कान गुरुङले ९ स्कोर जोडिन् ।

जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३१–२५ ले हराउदा अर्जुन बस्नेतले २४ स्कोर जोडे ।

सिनियर ब्वाइजमा भ्यालीका छिरिङ डेन्डुप लामा, गर्ल्समा भ्यालीकी लोरिसा गौचन र जुनियर ब्वाइजमा ग्रिनफिल्डका अर्जुन बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । सिनियरमा सुशान्त चौधरी, गर्ल्समा मुस्कान गुरुङ र जुनियर ब्वाइजमा छिमे तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । तीनै जना भ्याली पब्लिकका हुन् ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका दिनेश रापाल, सिनियर गर्ल्समा काष्ठमण्डपकी रिया राई र जुनियर ब्वाइजमा बीएनएका एलेक्स गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई प्याब्सनका केन्द्रीय महासचिव आरबी कटवाल, टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईं, भ्याली पब्लिकका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीलगायतले पुरस्कृत गरे ।


प्रकाशित : मंसिर १८, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?