२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विश्व शारीरिक सुगठनमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ — तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विश्व शारीरिक सुगठनमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

थाइल्यान्डको फुकेटमा मंसिर २० देखि २६ सम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य र महिला मोडल फिजिकमा श्वेता कपालीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल शारीरिक तथा सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोली व्यवस्थापकमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, अफिसियलमा राजेश उपाध्याय र निर्णायकमा दिनेश श्रेष्ठ छन् । टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमलाले बिदाइ गरे ।

प्रकाशित : मंसिर १८, २०७९ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?