२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतमाथि बंगलादेशको रोमाञ्चक जित

एजेन्सी

ढाका — बंगलादेशले भारतमाथि आइतबारको पहिलो वान-डे क्रिकेटमा एक विकेटको रोमाञ्चक जित निकालेको छ । हारको संघारमा रहेको बंगलादेशका लागि मेहदी हसन र मुस्तफिजुर रहमानले अन्तिम विकेटका लागि कीर्तिमान ५१ रनको साझेदारी गरे ।

भारतमाथि बंगलादेशको रोमाञ्चक जित

उक्त प्रदर्शनको मद्दतले बंगलादेशले ४६ ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको हो । हसनले ३८ र रहमानले १० रन बनाए । बंगलादेशका लागि उनीहरूले दसौं विकेटका लागि अहिलेसम्मकै उच्च स्कोर बनाएका हुन् ।

त्यसअघि १ सय ३६ रन बनाउँदासम्म बंगलादेश नौ विकेट गुमाएर खराब स्थितिमा थियो । भारतले भने ४१.२ ओभरमा सबै विकेट गुमाउनुअघि १ सय ८६ रन बनाएको थियो । भारतको तर्फबाट केएल राहुलले ७३ रन बनाए ।

बंगलादेशको जितका लागि साकिब अल होसेन र एबाडोट हसनले प्रमुख भूमिका निर्वाह गरे । अल हसनले ३६ रनमा ५ विकेट लिए भने होसेनले ४७ रनमा ४ विकेट लिए ।

प्रकाशित : मंसिर १८, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?