ओमसतीया स्टार्सविरुद्ध जीबीआईसीएको जित


तिलोत्तमा — ओमसतीया स्टार्सलाई हराउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडमी (जीबीआईसीए) रुपन्देहीमा जारी जुनियर क्रिकेट लिगको शनिबार भएको खेलमा विजयी भएको छ ।

उसले ५८ रनले ओमसतीयालाई हराएको हो । टस जितेर ब्याटिङ रोजेको जीबीआईसीएका लागि सुमित पराजुलीले हाफ सेन्चुरी प्रहार गरे ।
त्यस्तै, अमित अधिकारीले नटआउट २० रनको योगदान गरे । बलिङमा ओमसतीयाका सुभम खनाल र पुरुषोत्तम पौडेलले समान २/२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको ओमसतीया स्टार्सका आयान खानले २८ र क्रिसल केसीले १६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा जीबीआईसीएका अधिषेक परियार र सन्तोष यादवले समान ३/३ विकेट लिए । खेलमा जीबीआईसीए सैनामैनाका सुमित पराजुली म्यान अफ द म्याच घोषित भए ।
प्रकाशित : मंसिर १७, २०७९ २१:१८