२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

खेलाडीहरू किन मास्क लगाउँछन् ?

एजेन्सी

काठमाडौँ — कतारमा जारी विश्वकपमा पोर्चुगललाई पराजित गर्दै चम्किएको दक्षिण कोरियाली टिमका स्टार खेलाडी सन ह्युङ मिनको खेलसँगै उनले लगाउने मास्कको पनि चर्चा हुने गर्छ । 'के उनी सुपरम्यान वा ब्याटम्यान हुन् ?'

खेलाडीहरू किन मास्क लगाउँछन् ?

हैन । तर उनले मास्क लगाउनुको कारण के हो त ? कतिपय अवस्थामा सनले मास्क लगाएकै कारण उनको गल्तीमा पनि प्रशंसकहरूले उनलाई माफी दिन्छन् । खासमा उनले आँखा र अनुहारको रक्षाका लागि मास्क लगाउने गरेका हुन् ।

टोटनम्यामबाट खेल्ने ३० वर्षीय कोरियाली खेलाडी सन नोभेम्बर १ मा च्याम्पियन्स लिगमा मार्सेलीविरुद्ध खेल्ने क्रममा आँखामा चोट परेको थियो । तर कतारको विश्वकपका लागि उनले तयारी गर्नु पर्ने थियो । यसका लागि उनीसँग आराम गर्ने पर्याप्त समय समेत भएन । यतिसम्म कि उनले यसबीचमा निरन्तर खेल्नुपर्‍यो ।

उनै सनको प्रयासमा पोर्चुगललाई पराजित गर्दै कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । यसअघि उरुग्वेविरुद्धको खेलपछि सनले आफूलाई मास्कको मद्दतले खेल्न सहज भएको प्रतिक्रिया दिए । 'म मास्कसहित खेल्दा खुसी छु । म यसरी खेल्न सक्छु,' सनले पत्रकारहरूसँग भने ।

विश्वकपमा रक्षात्मक मास्क लगाएर खेल्ने सन एक्लो खेलाडी भने होइनन् । क्रोएसियाका जास्को ग्वार्डियोल पनि यस्तै मास्क लगाएर खेल्ने गर्छन् । जर्मनीमा आरबी लेइपजिगका लागि खेल्ने क्रममा झगडा हुँदा उनको आँखा र नाकमा समस्या भएको थियो ।

गत अक्टोबरमा ट्युनिसियाका एलिस स्किरीले आक्रमण गर्दा उनको अनुहारको हड्डी भाँचिएको थियो । जसकारण ग्वार्डियोल नाक र अनुहार छोप्ने मास्क लगाउने गर्छन् ।

मास्क लगाएर खेल्ने अर्का खेलाडी हुन् इरानका गोलकिपर अलिरेजा बेरानभान्द । जसले पहिलो समूह खेलमा इङ्गल्याण्डविरुद्ध खेल्दा टाउकोमा चोट लागेपछि अलिरेजाले अभ्यासको क्रममा मास्क लगाएका थिए । यद्यपि उनले प्रतिस्पर्धाको क्रममा मास्क लगाएनन् ।

यसरी मास्क लगाएर खेल्ने शैलीलाई पछिल्लो समय फुटबलमा सामान्य जस्तै मानिन्छ । धेरैजसो खेलाडीको साझा कारण भने अनुहारको रक्षा गर्नु हो । यसै सिजनको सुरुमा जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरले पनि च्याम्पियन्स लिगमा रियल म्याड्रिडको लागि खेल्दा सनको जस्तै मास्क लगाएका थिए। पछिल्लो समय ह्यारी केन, रोबर्ट लेवान्डोस्की, भिक्टर ओसिमहेन र सर्जियो रामोस जस्ता खेलाडीले पनि विभिन्न प्रतिस्पर्धाको क्रममा खेल मैदानमा मास्कसहित देखिने गरेका छन् ।

प्रकाशित : मंसिर १७, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?