२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भ्याली र काष्ठमण्डप फाइनलमा

काठमाडौँ — आयोजक भ्याली पब्लिक र काष्ठमण्डप १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार फाइनल पुगेका छन् ।

भ्याली र काष्ठमण्डप फाइनलमा

भ्यालीले एचएचसीएलाई १७–११ स्कोरले पराजित गर्‍यो । भ्यालीकी लोरिशा गौचनले ११ स्कोर गरिन् । आस्ना अर्यालको १० स्कोरमा काष्ठमण्डपले ग्रिनल्यान्डलाई २६–१५ ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिक र गोल्डेनपिकले उपाधि भिडन्त पक्का गरे । भ्यालीले हिमालयन किङडममाथि ६६–३६ को जित दर्ता गर्‍यो । भ्याली पब्लिकका अनमोल गुरुङ र सुशान चौधरीले १९–१९ स्कोर जोडे । गोल्डेनपिकले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ३९–३७ ले हराउँदा दिनेश रापालले १४ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड र बीएनए फाइनल पुगेका छन् । ग्रिनफिल्डले गोल्डेनपिकलाई २७–२१ ले हरायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८ स्कोर जोडे । बीएनएले एन्जल्स हार्टमाथि २४–२३ को कठिन जित निकाल्यो । बीएनएका एलेक्स गुरुङले ११ स्कोर गरे ।

प्रकाशित : मंसिर १७, २०७९ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?