कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालले नेत्रहीन टी–२० विश्वकप खेल्ने

काठमाडौँ — तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा नेपालले भाग लिने भएको छ । डिसेम्बर ५ देखि १८ सम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत जाँदैछ ।

नेपालले नेत्रहीन टी–२० विश्वकप खेल्ने

भारतको दिल्ली र बैंग्लुरुमा खेल हुनेछ । खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनील राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी छन् ।

टिम प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा तुमरु उप्रेती तथा अफिसियलमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ छन् ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया गरी ७ राष्ट्रले पहिलो राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।

लिगमा नेपालले डिसेम्बर ६ मा भारत, ७ मा बंगलादेश, ९ मा अस्ट्रेलिया, १० मा दक्षिण अफ्रिका, १३ मा श्रीलंका र १४ मा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले शनिबार बिदाइ गरिन् ।

प्रकाशित : मंसिर १७, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?