भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा

काठमाडौँ — आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले युनिभर्सिटीलाई ४४–२४ ले पराजित गर्‍यो । भ्याली पब्लिकका सुसान चौधरीले १० अंक जोडे । गोल्डेनपिकले स्किब्सलाई ५७–३७ ले हरायो । गोल्डेनपिकका सक्षम राईले १९ स्कोर गरे ।

सोही स्पर्धामा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ५४–३४ तथा हिमालयन किङ्डमले ग्रिनल्यान्डलाई ७७–७५ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । बीएनएका सन्देश खड्काले २५ तथा हिमालयन किङ्डमका जाङ्गु लामाले ४३ अंक बटुले । सेमिफाइनलमा हिमालयन किङ्डमको भेट भ्याली पब्लिकसँग हुनेछ भने बीएनएले गोल्डेनपिकको सामना गर्नेछ ।

सिनियर गल्र्समा एचएचसीएले निस्टलाई १२–७ तथा काष्ठमण्डपले पृथ्वीलाई २७–२१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । एचएचसीएकी प्रमिला बानियााले ४ तथा काष्ठमण्डपकी रजनी श्रेष्ठले १३ अंक जोडे । सेमिफाइनल एचएचसीए र भ्याली पब्लिक तथा काष्ठमण्डप र ग्रिनल्यान्डबीच हुनेछ ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले हिमरश्मीलाई २९–२१ तथा गोल्डेनपिकले भ्याली पब्लिकलाई १६–१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ तथा गोल्डेनपिकका सुशिल गिरीले १४ अंक जोडे । विजेता दुवैको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनलमा एन्जल्स हार्टले बीएनए विरुद्ध खेल्ने छ ।

प्रकाशित : मंसिर १६, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?