नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी हुँदै

काठमाडौँ — नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यू-१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जनाएका छन् ।

नेपालसहित भारत, चीन, चाइनिज ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र यूएई सहभागी हुने छन् ।

पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहनेछ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको घिमिरेले बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रग्बी संघको कार्यबाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित : मंसिर १५, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?