२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भ्याली र एन्जल्स हार्ट क्वाटरफाइनलमा

काठमाडौँ — आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वाटरफाइनल पुगेका छन् ।

भ्याली र एन्जल्स हार्ट क्वाटरफाइनलमा

भ्याली पब्लिकले बुधबार ह्वाइटफिल्डलाई ३२–१४ स्कोरले पराजित गर्‍यो । भ्यालीको जितमा छिमे तामाङले ११ स्कोर गरे । एन्जल्स हार्टले हिमरश्मिलाई १६–११ ले हरायो ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (ईबीए) ले सैनिक स्कुललाई ४३–२८, हिमालयन किङडमले रेडिअन्टलाई २८–१५, एचएचसीएले पारा माउन्ट एकेडेमीलाई ३९–१५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले स्कोलर्स होम एकेडेमीलाई ४८–२९ र नेसनल युनाइटेडले एन्जल्स हार्टलाई २७–२३ ले पाखा लगाए । इबीएका सौगात खत्रीले २८, एचएचसीएका पविन मगरले ११, बीएनएका सन्देश खड्काले २८ र नेसनल युनाइटेडका सविन नगरकोटीले ११ स्कोर गरे ।

सिनियर गल्र्समा एन्जल गुप्ता र मुस्कान गुरुङको ६–६ स्कोरमा सहयोगमा भ्याली पब्लिकले फेरिल्यान्डमाथि २४–१६ को जित आत्मसात् गर्‍यो । जितसँगै भ्यालीले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

इनोभेटिभ सफल

इनोभेटिभ इङलिस स्कुल ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी भएको छ । इनोभेटिभले भद्राघलेलाई १८–१० ले पराजित गर्‍यो । खेलमा काठमाडौं जेभियर्सले हेम्सलाई १९–८, स्प्याङ्गलले केइएसलाई ७–६, सनसाइनले इलाइट ग्रान्डलाई ८–३, स्वप्न बाटिकाले अल्वर्टलाई १०–३ र सिर्जनशीलले एसियन पब्लिकलाई १३–१० ले हराए ।

जुनियर ब्वाइजमा स्प्याङ्गलले लिटिल फ्लावरलाई ११–४, सनसाइनले केइएसलाई १३–२, एआईएले एसियन पब्लिकलाई १७–४ र काठमाडौं जेभियर्सले सूर्योदयलाई ३४–१२ ले पाखा लगाए ।

प्रकाशित : मंसिर १४, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?