कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेट्रान खेलाडी उद्धवले जिते दुई पदक

काठमाडौँ — नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रीटीस च्याम्पियनसीपमा दोहोरो पदक जितेका छन् ।

भेट्रान खेलाडी उद्धवले जिते दुई पदक

यूकेको वर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण र वेप्पन प्याटर्न फर्ममा रजत पदक जितेका हुन् । नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाका अनुसार उद्धवले ४५ वर्षमाथि उमेर समूहमा सफलता हात पारे ।

संघका संस्थापक अध्यक्ष उद्धव हाल उमा कुङफुका सहायक मुख्य प्रशिक्षक पनि हुन् । अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका उनी फाइट ब्याक सेल्फ डिफेन्स नेपालका प्रमुख प्रशिक्षक हुन् ।

प्रकाशित : मंसिर १३, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?