१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दक्षिण एसियाली टेबलटेनिस छनोट नेपालमा

काठमाडौँ — विश्व टेबलटेनिस च्याम्पियनसीपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ सम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघले मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

दक्षिण एसियाली टेबलटेनिस छनोट नेपालमा

संघका अध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने जानकारी गराए । भुटानी पनि आउने प्रयास भइरहेको बताए । प्रत्येक राष्ट्रबाट ५–५ पुरुष/महिला खेलाडी सहभागी हुने बताइएको छ ।

पुरुष/महिला सिंगल्समा लिगकम नकआउट आधारमा हुनेछ । पुरुष/महिलामा १६–१६ खेलाडी छनोट हुनेछन् ।

नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानिया“ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्नेछन् । महिलामा नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, सिक्का सुवाल र इभाना थापा मगरले खेल्नेछन् । खेलाडीलाई मुख्य प्रशिक्षक सन्जिव ढुंगेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइरहेका छन् ।

शंकर गौतम प्रतियोगिता निर्देशक, तेजेन्द्रसिंह महरा कम्पिटिसन म्यानेजर र आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले व्यवस्थापन समितिको जिम्मेवारी पाएका छन् । प्रतियोगितालाई एनसेल एक्सजियटा, नेपाली घर, ब्रोडलिंक, नेबिकोलगायतले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रकाशित : मंसिर १३, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?