२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रेडिअन्ट र एनसीसीएस बास्केटबल च्याम्पियन

काठमाडौँ — रेडियन्ट पब्लिक र एनसीसीएसले दोस्रो ओएसिस कप उपत्यकाव्यापी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । रेडियन्ट सिनियर ब्वाइज तथा एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन भए ।

रेडिअन्ट र एनसीसीएस बास्केटबल च्याम्पियन

आयोजक ओएसिस स्कुलको कोर्टमा ब्वाइज फाइनलमा रेडियन्टले एरिस एकेडेमीलाई १२–७ ले पराजित गर्‍यो । विजेताका सुवास गौतमले सर्वाधिक ७ स्कोर गरे । सागर लामिछानेले ३ र रोहित चौधरीले २ स्कोर गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा श्रेया गुरुङको ७ स्कोर सहयोगमा एनसीसीएसले राराहिललाई १०–५ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुवास र श्रेया मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा आशिष थापा मगर र सिनियर गल्र्समा आयुशा महर्जन सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिता अवधिभर आशिषले ५१ तथा आयुशाले ३२ अंक जोडे । ब्वाइजमा नेक्सस र गल्र्समा रातो बंगला अनुशासित टिम ठहरिए ।

विजेतालाई ओएसिसकी संस्थापक निर्देशक जानुका लिम्बू, राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठलगायतले पुरस्कृत गरे ।

एसियन पब्लिक विजयी

एसियन पब्लिकले ११ औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ । एसियनले लिटिल फ्लावरलाई १८–६ ले पराजित गर्‍यो । सिनियर ब्वाइजकै अन्य प्रतिस्पर्धामा लिभरपुलले सूर्योदयलाई २४–१७, हेम्सले सुप्रिमलाई ३५–५, चैतन्यले अल्वर्टलाई १८–९, एआईएले सनसाइनलाई ३९–१० र स्पाङ्गलले इलाइट ग्रान्डलाई १७–६ ले हराए ।

जुनियर ब्वाइजमा सूर्योदयले लिटिल फ्लावरलाई २४–४ तथा चैतन्यले एसियनलाई १७–२ ले पाखा लगाए । सिनियर गल्र्समा सिर्जनशिलले अल्वर्टमाथि ४–१ को जित निकाल्यो ।

प्रकाशित : मंसिर १२, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?