कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुदूरपश्चिममा मिलनको प्रभाव

काठमाडौँ — सुदूरपश्चिम प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । मिलन बोहराले ६ विकेट लिएपछि सुदूरपश्चिमले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा गण्डकी प्रदेशलाई १ सय १३ रनले पराजित गर्‍यो ।

सुदूरपश्चिममा मिलनको प्रभाव

मिलनको उत्कृष्ट बलिङपछि २ सय १४ रनको लक्ष्य लिएर आएको गण्डकी ३२.५ ओभरमा १ सय रनमा अलआउट भयो । प्लेयर अफ द म्याच मिलनले ९.५ ओभरमा ४ मेडन राख्दै ११ रन खर्चंदै गण्डकीलाई धराशायी बनाए । आकाश चन्दले २ र नरेन साउदले १ विकेट लिए । गोविन्द विक र अर्जुन कुमालले १० ओभरभित्र ४२ रन जोडी गण्डकीलाई राम्रो सुरुआत दिलाएका थिए । तर मिलनको सानदार बलिङ प्रदर्शनमा गण्डकीले अन्तिम ९ विकेट केवल ३५ रनमा गुमाएको थियो । गोविन्दले २२ र अजुन कुमालले २० रन जोडे । त्यसपछि दोहोरो स्कोर बनाउनेमा करण पंगेनी (१५) र कप्तान सुवास भण्डारी (१६) मात्र थिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम निर्धारित ५० ओभरको खेलमा ४९.३ ओभरमा २ सय १३ रनमा अलआउट भएको थियो । तल्लोक्रममा ब्याटिङ गर्दै आकाश चन्दले सर्वाधिक ४० रन बनाए । उनले ४५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । कप्तान अनुराग सिंह ३७ रन बनाई रनआउट भए । उनले ४१ बल खेल्दै ४ चौका प्रहार गरे । नरेन २८, मिलन २४, गजेन्द्र बोहरा, सुनील चन्द र हेमन्त धामी समान १९ तथा दीपक बोहरा ११ रनमा आउट भए । गण्डकीका सुवासले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर ३ तथा सुदीप अर्याल, निर्तेश गिरी, शिशिर भुसाल, सिब्रिन श्रेष्ठ, अर्जुन र सचिनराज अधिकारीले १–१ विकेट लिए ।

राउन्ड रोबिन लिगमा सात प्रदेश एकअर्कासँग आमनेसामने भएपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान छ । सुदूरपश्चिमले जस्तै वाग्मतीले पनि पहिलो तीनै खेल जितेको छ । त्यसको विपरीत गण्डकीले पहिलो तीनै खेलमा पराजय भोगेको छ । कर्णालीले तेस्रो खेलमा आएर पहिलो जित हात पारेको छ । कर्णालीले मधेस प्रदेशलाई २ विकेटले पराजित गर्‍यो । मधेसले दुवै खेल हारेको छ ।

टस जितेर ब्याटिङमा आएको मधेस ४१.५ ओभरमा १ सय ३५ रनमा अलआउट भयो । ओपनर शैलेन्द्र शाहले सर्वाधिक ३१ रन बनाए । उनले ४८ बल खेली ५ चौका प्रहार गरे । अर्का ओपनर मायन यादव १८, सरफराज मन्सुरी १७, मेघराज राम १६ र दब्लु मलिकले १५ रन बनाए । युनिश सिंहले ५ विकेट लिँदै मधेसको इनिङ्सलाई खुम्चाए । प्लेयर अफ द म्याच उनले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चे । मोहन विक र आवास शाहले २–२ तथा गणेश डडेलले १ विकेट लिए ।

तल्लोक्रममा मोहनले अविजित ३८ रन बनाएपछि कर्णालीले ३५ औं ओभरमा लक्ष्य पूरा गर्‍यो । उनले ४० बल खेल्दै ६ चौका प्रहार गरे । ओपनर मनीष थापाले ३४ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३२ रन बनाए । अनिरुध कवर १६, सुवास ऐर १४ र आवासले १२ रन बनाए । मधेसका रञ्जित कुमारले ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चे । अविजितले २ र राजेश यादवले १ विकेट लिए ।

प्रकाशित : मंसिर १२, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?