बलियो बेल्जियमलाई मोरक्कोले २–० ले हरायो

राजु घिसिङ

दोहा — दोस्रो हाफमा दुई गोल गर्दै मोरक्कोले स्टार खेलाडीले भरिएको बेल्जियमलाई २–० ले स्तब्ध पार्दै आइतबार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको छ ।

बलियो बेल्जियमलाई मोरक्कोले २–० ले हरायो

अल थुमामा रंगशालामा अब्देल हामिद साबिरीले ७३ औं मिनेटमा फ्रिकिकमा सीधै बललाई पोष्टको दिशा दिदै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसमा बेल्जियन गोलकिपर टिबाउट कोर्टियसको प्रदर्शन राम्रो भएन । जाकरिया अबोउखललले इन्ज्युरी समयको दोस्रो मिनेटमा हकिम जियचको लोभलाग्दो पासमा गोल गरेपछि मोरक्कोले २–० को जित हात पारेको हो । रातो जर्सीमा मोरक्को समर्थकको बाहुल्य थियो र उनीहरुले गोल र जितको खुशियाली मनाइरहेका छन् ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियमविरुद्ध सनसनीपूर्ण जितसगै मोरक्को चार अंक बनाएर समूह एफ को शीर्षस्थानमा उक्लियो । मोरक्कोले चार वर्षअघिको उपविजतो क्रोएसियाविरुद्ध गोलरहित खेलेको थियो । पहिलो खेलमा क्यानडामाथि १–० को जित हात पारेको बेल्जियम तीन अंकसहित दोस्रोमा छ । तीन अंकमा रहेको क्रोएसियाले क्यानडाविरुद्ध आजै खेल्दै छ ।

समूह चरणको अन्तिम खेलमा बेल्जियमले ल्युका मोडरिचको टिम क्रोएसियाविरुद्ध खेल्ने छ । त्यसैले हारपछि बेल्जियमलाई अन्तिम १६ मा स्थान बनाउन कठिन भएको छ । मोरक्कोले अब क्यानडाविरुद्ध खेल्ने छ ।

प्रकाशित : मंसिर ११, २०७९ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?