कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वाग्मतीको लगातार जित

काठमाडौँ — वाग्मती प्रदेशले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । मधेस प्रदेशमाथि १ सय ५२ रनको विजय हात पारेपछि वाग्मती फाइनलतर्फ अग्रसर भएको छ । राउन्ड रोबिन लिगमा ७ प्रदेश एकअर्कासँग आमनेसामने भएपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान छ ।

वाग्मतीको लगातार जित

टस जितेको वाग्मतीले ४७.३ ओभर खेलि २ सय १७ रनमा अलआउट भयो । ओपनर उत्तम थापामगर र योगेश भाटको अर्धशतक मदतमा वाग्मतीले मूलपानी क्रिकेट मैदानको कठिन विकेटमा चुनौतीपूर्ण स्कोर बनाएको थियो । सक्षम बस्ताकोटी शून्यमै आउट भए पनि उत्तमले ९८ बलमा ७१ रन बनाए । उनले १२ चौका र १ छक्का प्रहार गरे ।

कप्तान अशोक पौडेले ८ रनमै आउट भएपछि उत्तमले योगेशसँग तेस्रो विकेटमा १ सय ११ रन जोडेका थिए । योगेशले ४० बल खेल्दै समान ४ चौका प्रहार गर्दै ५९ रन बनाए । प्रतीक श्रेष्ठले ६३ बलमा ३ चौकासहित ३० र रोशन बिकले १४ रन जोडे । मधेसका राजेश यादवले ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे । अविजित मण्डलले १० ओभरमा ३५ रन खर्चेर ३, रन्जित कुमारले २ र अभिषेक तिवारीले १ विकेट लिए ।

प्रतियोगितामा पहिलो म्याच खेलिरहेको मधेस प्रदेश २५.५ ओभरमा ६५ रनमै अलआउट भयो । कप्तान अभिषेक तिवारीले १८ र मयान यादवले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । वाग्मतीका अहमद राजाले ५ विकेट लिए । प्लेयर अफ द म्याच उनले ७ ओभरमा १ मेडन राख्दै १५ रन खर्चे । त्यस्तै अभिषेक कोइरालाले २.५ ओभरमा ९ रन खर्चेर ३ तथा सक्रिय कार्की र प्रतीकले १–१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो । लुम्बिनीले दोस्रो खेलमा आएर पहिलो जित निकालेको हो । कर्णालीको यो लगातार दोस्रो हार हो । लुम्बिनीले २०.५ ओभरमा १ सय २ रन बनाउँदै जित हात पारेको हो ।

ओपनर आकाश त्रिपाठीले अविजित ५२ रन बनाउँदै लुम्बिनीलाई विजय दिलाए । उनले ४७ बल खेलेर ८ चौका प्रहार गरे । देव खनाल ८, विशाल भुषाल ४, कप्तान विशालविक्रम केसी १३ र प्रज्जवल थापा १० रन बनाई आउट भए । मनोज मगर ९ रनमा अविजित रहे । कर्णालीका अनुज चुनाराले २ तथा सन्दीप शाही र मोहन बिकले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली २२.२ ओभरमा १ सय रनमा अलआउट भयो । कप्तान एवं ओपनर विपिन रावलले ३९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेर ३६ तथा सुवास ऐरले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरेर २३ रन बनाए । लुम्बिनीका विशालविक्रमले ५ ओभरमा २ मेडन राख्दै १७ रन खर्चेर ४, अभिषेक गौतमले २ तथा नर सार्की, निर्मल गुरुङ र तुलबहादुर थापाले १–१ विकेट लिएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?