१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जुनियर टेनिसमा १२ देशका खेलाडी

पोखरा — पोखरा रंगशाला टेनिस कोर्ट कम्प्लेक्समा शनिबारदेखि हुने अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा १२ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल आईटीएफ जुनियर्स (यू–१८) वर्ल्ड र्‍याङकिङ टेनिस च्याम्पियनसिप ग्रेड–५ सर्किट वान र टु प्रतियोगितामा १३ देखि १८ वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिलातर्फ ६४–६४ गरी १ सय २८ खेलाडी सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागी हुन् भारत, ताइपेई, दक्षिण कोरिया, रुस, स्पेन, जर्मनी, जापान, श्रीलंका, फिलिपिन्स, अस्ट्रेलिया, हङकङ र अमेरिकाका खेलाडी पोखरा आइसकेका छन् । मंसिर २४ सम्म हुने प्रतियोगिता पुरुष सिंगल्स र डबल्स, महिला डबल्स र सिंगल्स इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले ३२ खेलाडीको ड्र हुने र ३२ भन्दा बढी खेलाडी भएकाले शनिबार र आइतबार क्वालिफाइङ प्रतियोगिता र सोमबारदेखि मुख्य प्रतियोगिता हुने बताए । उनका अनुसार सिंगल्सतर्फ विजेताले ३०, रनरअपले १८, सेकेन्ड रनरअपले ९, क्वाटरफाइनलिस्ट ५ र पहिलो राउन्ड जित्नेले २ अंक प्राप्त गर्नेछन् । डबल्सतर्फ खेलाडीले सिंगल्समा पाउने अंकको २५ प्रतिशत पाउने छन् ।

विजेताले ७, रनरअपले ४.४, सेकेन्ड रनरअपले २.२५, क्वार्टरफाइनलिस्टले १.२५ अंक पाउने छन् । ‘यो अंक वर्ल्ड र्‍यांकिङमा जोडिने भएकाले खेलाडीका लागि महत्त्वपूर्ण हुन्छ,’ विष्टले भने । प्रतियोगिताका लागि आईटीएफ रेफ्री प्रवीणकुमार नायक नेपाल आइसकेका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?