कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तीनै स्पर्धामा भ्याली पब्लिक विजयी

काठमाडौँ — आयोजक भ्याली पब्लिकले १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । भ्यालीले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्स तीनै स्पर्धामा विजय पाएको हो ।

तीनै स्पर्धामा भ्याली पब्लिक विजयी

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३७–१६ स्कोरले हरायो । भ्यालीका अनमोल गुरुङ र इश्वर घलेले ११–११ स्कोर गरे । अशोक बिक र छिमे तामाङको ५–५ स्कोरमा भ्यालीले ईबीएलाई १३–८ ले हरायो ।

गर्ल्समा भ्याली पब्लिकले केभीकेएसएसलाई २५–११ ले पन्छायो । भ्यालीकी मुस्कान गुरुङले ११ स्कोर गरिन् ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजमा सैनिक माविले एलआरआईलाई ४८–२५, एन्जल्स हार्टले केभीकेएसएसलाई २८–२० तथा एचएचसीएले पृथ्वीलाई २८–२५ ले हराए । सैनिकका सुबोध चापागाईंले १५, एन्जल्स हार्टका निक्सन गर्बुजाले ९ र एचएचसीएका दिप्सन राईले १५ अंक बटुले ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले संस्कृतिलाई ३८–२८ ले निराश पार्‍यो । एन्जल्स हार्टका प्रतीक काडेलले १५ स्कोर जोडे । सिनियर गर्ल्समा एचएचसीएले जुगलमाथि २६–१२ को जित दर्ता गर्‍यो । एचएचसीएकी सारा घलेले १४ स्कोर जोडिन् ।

राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भ्याली पब्लिकका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङ र भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे ।

प्रकाशित : मंसिर ९, २०७९ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?