कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बुटवल युनाइटेडविरुद्ध गौतम बुद्ध ६३ रनले विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा जारी जुनियर क्रिकेट लिगको बिहीबार भएको खेलमा बुटवल युनाइटेडलाई हराउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी सैनामैना विजयी भएको छ । उसले युनाइटेडलाई ६३ रनको अन्तरले हराएको हो ।

बुटवल युनाइटेडविरुद्ध गौतम बुद्ध ६३ रनले विजयी

टस जितेर ब्याटिङ रोजेको सैनामैनाका खेलाडीले ३३ ओभरमा सबै विकेट गुमाई १ सय ३९ रन जोडे । जसमा सुशान्त थापाले ३६, सुहान भण्डारीले ३० रनको योगदान गरेका थिए । बलिङमा युनाइटेडका सागर गिरीले ३, सचिन अर्यालले २ विकेट लिए ।

सैनामैनालाई पछ्याउँदै युनाइटेडका खेलाडीले २३ ओभरमै अलआउट भई ७६ रन मात्र बनाउन सके । उसका लागि राजन गिरीले २१ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् । युनाइटेडलाई हराउन सैनामैनाका सन्तोष यादवले ४, अमित अधिकारीले २ विकेट लिए । खेलमा सैनामैनाका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा सिद्धार्थनगर वारियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाइटन्स, बुटवल युनाइटेड, देवदह ड्रागन र जीबीआईसीए सैनामैना गरी ६ टिम सहभागी छन् ।

प्रकाशित : मंसिर ८, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?