फुटबलर प्रिजेनलाई आर्थिक सहयोग- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबलर प्रिजेनलाई आर्थिक सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले २ लाख र कोषले ३ लाख गरी जम्मा ५ लाख रुपैयाँ प्रदान गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी गराए ।

राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले प्रिजेनको स्वास्थ लाभाको कामना गर्दै प्रिजेनका पिता राजकुमार तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरे ।

प्रिजेनले दिल्लीको अपोलो अस्पतालमा उपचार गराइरहेका छन् । पहिलो चरणको ब्लड क्यान्सर भएका उनलाई दुई पटक किमो दिइसकेको अझ दुई पटक किमो दिन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रिजेन डिसेम्बर १ तारिखमा फलोअपका लागि दिल्ली जाँदै छन् ।

कोषले हालसम्म करिब ७० लाख आर्थिक सहयोग वितरण गरिसकेको र कोषमा १ करोड ५० लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल निर्वाचित

रुपा गहतराज

नेपालगन्ज — नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले युवा तथा खेलकुदमन्त्री नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् ।

ढकाल २५०२६ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गहतराजले १९६३२ मत ल्याएका छन् । ढकाल ५३९४ मतान्तरले विजयी भएका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११४६५ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १००७१ मत ल्याएका छन् । क्षेत्र नं १ मा कुल मत खसेको ७५९७४ मत खसेको थियो भने ५१६२ मत बदर भएको थियो ।

प्रकाशित : मंसिर ८, २०७९ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×