कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेन्जेमाको स्थानमा अर्को खेलाडी नल्याइने

एएफपी

दोहा — डिफेन्डिङ च्याम्पियन फ्रान्सले चोटग्रस्त खेलाडी करिम बेन्जेमाको स्थानमा विश्वकप टिममा अर्को खेलाडी नल्याउने भएको छ । प्रशिक्षक डिडिएर डेसक्याम्पले आइतबार यसबारे घोषणा गरेका छन् । फ्रान्सलाई अर्को ठूलो धक्काका रूपमा चोटका कारण बेलन डे’अर विजेताले खेल्न नसक्ने भएका हुन् ।

बेन्जेमाको स्थानमा अर्को खेलाडी नल्याइने

शनिबार टिम अभ्यासको क्रममा उनलाई तिघ्रामा चोट लागेको हो र उनको अनुपस्थितिले फ्रान्सको विश्वकप उपाधि रक्षा गर्ने अभियान अझ कमजोर भएको छ । डेसक्याम्पले रियल म्याड्रिड फरवार्डको स्थानमा अर्को खेलाडीका लागि फिफासँग अनुरोध नगर्ने बताए । प्रशिक्षकसँग नयाँ खेलाडी माग गर्न सोमबारसम्मको समय रहेको छ ।

डेसक्याम्पले फ्रान्सको टीएफ–वानलाई दिएको अन्तर्वार्तामा बेन्जेमा घाइते हुनु ठूलो नोक्सानी रहे पनि वर्तमान टिममा आफ्नो पूर्वआत्मविश्वास रहेको बताए । यस्तै उनले टिम आफैंमा उत्कृष्ट रहेको पनि दाबी गरे । उनले भनेका छन्, ‘हाम्रो जुन टिम उद्देश्य छ, त्यसका लागि अहिलेको टिम पर्याप्त छ । मलाई खेलाडीमाथि पनि उत्तिकै विश्वास छ ।’

उनले फ्रान्सेली टिम बेन्जेमालाई ठीक ढंगले व्यवस्थापन गर्न नसकेको आरोपबारे केही बोल्न चाहेनन् । गत महिनादेखि बेन्जेमा चोटबाट संघर्षरत छन् । डेसक्याम्पले भने, ‘तपाईंहरू विवाद सिर्जना गरेको हेर्न चाहनुहुन्छ । तर टिममा सबथोक ठीक छ र नियन्त्रणमा छ । चोट अभ्यासका क्रममा बल्झेको होइन । जोकोहीलाई पनि चोटको समस्या हुन सक्छ ।’

प्रकाशित : मंसिर ५, २०७९ ०३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?