नामिबिया जाने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ — नामिबियामा हुने आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टुमा खेल्ने नेपाली टिमको आइतबार घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टिममा कप्तान रोहित पौडेलको नेतृत्वमा १४ खेलाडी रहेका छन् ।

नामिबिया जाने नेपाली क्रिकेट टिमको घोषणा

त्रिकोणात्मक सिरिजमा नामिबिया र नेपालसँगै स्कटल्यान्ड रहेको छ । सिरिज डिसेम्बर २ देखि ८ सम्म हुनेछ । टिममा रोहितसँगै आफिस सेख, दीपेन्द्रसिंह ऐरी, कुलश भुर्तेल, ललित राजवंशी, सोमपाल कामी र सागर ढकाल छन् ।

यस्तै टिमका अन्य सदस्यमा अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिस सेख, गुल्सन झा, करण केसी, हरिशंकर साह र नन्दन यादव रहेका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?