२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सूर्यकुमारको शतकमा भारत विजयी

एजेन्सी

माउन्ट मउनगुई — सूर्यकुमार यादवको विष्फोटक शतकको मद्दतले भारतले दोस्रो ट्वान्टी- २० क्रिकेटमा न्युजिल्यान्डलाई ६५ रनले पराजित गरेको छ ।

सूर्यकुमारको शतकमा भारत विजयी

यो जितपछि भारतले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । ‘प्लेयर अफ द म्याच’ सूर्यकुमारले ५१ बलमा नटआउट रहेर १ सय ११ रन बनाए ।

यसक्रममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसले ४९ बलमै आफ्नो शतक पूरा गरेका थिए । समग्रमा उनले ११ चौका तथा सात छक्का प्रहार गरे । भारतीय इनिङको अन्त्यतिर न्युजिल्यान्डका टिम साउथीले ह्याट्रिक गरे पनि त्यसको अर्थ रहेन् ।

जवाफमा न्युजिल्यान्ड १८.५ ओभरमा अलअआउट हुन अगाडि १ सय २६ रन मात्र बनाउन सक्यो । भारतका लागि दीपक होडा सबैभन्दा सफल बलर रहे र उनले १० रन मात्र खर्चेर चार विकेट लिए । तीन खेल शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । पहिलो खेल वर्षाका कारण वासआउट भएको थियो ।

प्रकाशित : मंसिर ४, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?