१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ओपन रनिङ बास्केटबलको उपाधि आयोजक यलम्बर 'ए' लाई

प्रदीप मेन्याङ्बो

सुनसरी — यलम्बर क्लबद्वारा आयोजित यलम्बर ओपन रनिङ बास्केटबल प्रतियोगिताको उपाधि आयोजक यलम्बर बास्केटबल टिम ‘ए’ ले जितेको छ । धरान ८ सिद्धार्थ मार्गस्थित यलम्बर खेल मैदानमा सम्पन्न फाइनलमा इटहरीको तरहरा बास्केटबल क्लबलाई ६४–४४ स्कोर अन्तरले पराजित गर्दै शुक्रबार आयोजक क्लबले उपाधि जितेको हो ।

उपाधिसहित उसले नगद पुरस्कार २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रप्राप्त गरेको छ । उपविजेता तरहरा बास्केबल क्लबले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको प्रत्येक क्वाटरमा यलम्बर र तरहरा टिमले १२–१३, १६–९, २६–१० र १०–१२ स्कोर बनाएका थिए ।

उपाधिका लागि आयोजक यलम्बर क्लबका दिवस राईले व्यक्तिगत २१ स्कोर गरे । प्रतियोगिताको एमभीपी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि यलम्बर क्लबका मनिष तामाङ घोषित हुँदै नगद ४ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे भने फाइनल खेलको म्यान अफ द म्याच यलम्बर क्लबकै टिम क्याप्टेन विवेक श्रेष्ठ घोषित भए । उनले नगद २ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको राइजिङ प्लेयर आयोजक टिमकै योगेश राई घोषित हुँदै नगद ५ सय रुपैयाँ र ट्रफी पाए । विजेता तथा उपविजेता खेलाडीहरूलाई समापन समारोहमा धरान ८ वडाध्यक्ष धनबहादुर राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, सिद्धार्थ जिमहलका अध्यक्ष नरेश राई, प्रतियोगिता संयोजक युगल लिम्बु लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?