२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एसियाली टेबल टेनिस युनियनको उपाध्यक्षमा गौतम मनोनित

काठमाडौँ — टेबलटेनिस वरिष्ठ प्रशिक्षक शंकर गौतम शनिबार एसियाली टेबल टेनिस युनियनको उपाध्यक्षमा मनोनित भएका छन् ।

एसियाली टेबल टेनिस युनियनको उपाध्यक्षमा गौतम मनोनित

गौतमलाई थाइल्यान्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।

सो सधारणसभामा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य सहभागी भएका थिए । गौतमको कार्यकाल भने सेप्टेम्बरदेखि मात्र लागू हुने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी दिए । गौतम दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव पनि हुन् ।

प्रकाशित : मंसिर ३, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?