कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

अस्ट्रेलियालाई वान डे सिरिज

एजेन्सी

सिड्नी — अस्ट्रेलियाले दोस्रो वान डेमा इंग्ल्यान्डलाई शनिबार ७२ रनले पराजित गर्दै तीन खेलको सिरिज जितेको छ । यो जितपछि अस्ट्रेलिया निर्णायक रूपमा २–० ले अगाडि रह्यो ।

अस्ट्रेलियालाई वान डे सिरिज

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले आठ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । त्यसमा स्टिभ स्मिथले ९४ रनको योगदान दिए । जवाफमा इंग्ल्यान्ड ३८।५ ओभरमा २ सय ८ रन मात्र बनाएर अलआउट भयो ।

इंग्ल्यान्डका लागि साम बिलिङ्सले ७१ र जेम्स भिन्सले ६० रन बनाए । ‘प्लेयर अफ द म्याच’ माइकल स्टार्कले ४७ रन खर्चेर चार विकेट लिए । अब तेस्रो तथा अन्तिम वान डे मंगलबार मेलबर्नमा हुनेछ ।

प्रकाशित : मंसिर ३, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?