कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विश्वकप रंगशाला क्षेत्रमा मदिरा प्रतिबन्ध

एजेन्सी

काठमाडौँ — कतारमा विश्वकप फुटबल सुरु हुन दुई दिनअघि फिफाले फुटबल स्टेडियममा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ । विश्वकप अन्तर्गत ६४ खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्री नगरिने फिफाले पुष्टि गरेको हो ।

विश्वकप रंगशाला क्षेत्रमा मदिरा प्रतिबन्ध

फिफाले आयोजक राष्ट्रका अधिकारीहरू र फिफाबीच छलफलपछि यस्तो निर्णय गरेको फिफाले जनाएको छ । यस्तै विश्वकप रंगशाला क्षेत्रबाट बियर लगायत मदिरा बिक्री स्टेसनहरू पनि हटाइएको छ । फिफाले हालै यसबारे विज्ञप्ति जारी गर्दै मदिरा रोक लगाएको पुष्टि गरेको हो ।

गत सेप्टेम्बरमा कतारले खेलभन्दा पहिले र पछिका निर्धारित समयमा लाइसेन्सप्राप्त दर्शकहरूका लागि बियर लगायतका मदिरा किन्ने अनुमति दिने जनाएको थियो । यद्यपि बड वाइजर सहितका 'जिरो अल्कोहल' हुने पेय पदार्थमा भने रोक नलगाइएको बताइएको छ ।

कतारमा यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मका लागि विश्वकप फुटबलको तयारी भइरहेको छ । यसका लागि हाल विश्वभरका खेलाडी र प्रशंसकहरू कतार पुगेका छन् ।

पछिल्लो समय आर्थिक रुपमा विकसित मानिएको कतार विश्वकप आयोजना गर्ने पहिलो मध्यपूर्वी मुलुक पनि हो । कतारमा २६ हजार श्रमिकले २०२२ को विश्वकप रंगशाला निर्माण गरेका हुन् ।

प्रकाशित : मंसिर २, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?