कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वाइवाइ यू–१९ क्रिकेट अर्को साता

काठमाडौँ — वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ देखि हुने भएको छ । सबै सात प्रदेशले सहभागिता जनाउने प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

समूह ‘ए’ मा प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूहको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । गत वर्ष मंसिरमै भएको प्रतियोगितामा लुम्बिनीले सुदूरपश्चिमलाई १ सय १३ रनले पराजित गरेर उपाधि जितेको थियो ।

पहिलो दिन वाग्तमी र गण्डकीबीच कीर्तिपुरमा खेल हुनेछ । मंसिर ८ मा प्रतियोगिताको दोस्रो दिन सुदूर र कर्णालीबीच कीर्तिपुर तथा गण्डकी र प्रदेश १ का बीच मूलपानीमा प्रतिस्पर्धा हुनेछन् । फाइनल मंसिर १९ मा कीर्तिपुरमै हुनेछ । गत वर्ष भएको यू–१९ राष्ट्रिय प्रतियोगिता खेल्दै देव खनाल, बसिर अहमद, मोहम्मद आदिल आलम र अर्जुन साउदले राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थिए । आदिल र अजुर्न यूएईविरुद्धको शृंखलामा नेपालबाट खेलिरहेका छन् ।

प्रकाशित : मंसिर २, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?