२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलिया सिरिजमा अगाडि

एजेन्सी

एडिलेड — अस्ट्रेलियाले पहिलो वान डेमा बिहीबार इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । जितका लागि २ सय ८८ रन पछ्याएको अस्ट्रेलियाले ४ विकेट गुमाएर ४६.५ ओभरमा २ सय ९१ रन बनायो ।  

इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलिया सिरिजमा अगाडि

अस्ट्रेलियाको जितको आधार प्रारम्भिक ब्याटर जोडी डेभिड वार्नर र ट्रेभिस हेडले बनाएका थिए । उनीहरूले पहिलो विकेटका लागि १ सय ४७ रनको साझेदारी गरे । वार्नरले ८६ र हेडले ६९ रन बनाए ।

त्यस्तै तेस्रो क्रमका ब्याटर स्टिभ स्मिथले पनि नटआउट रहेर ८० रन बनाए । त्यसअघि डाभिड मलानको शतकको मद्दतले इंग्ल्यान्डले ९ विकेटमा २ सय ८७ रन बनाएको थियो । मलानले १ सय ३४ रन बनाए । उनले १२ चौका र ४ छक्का प्रहार गरे ।

उनलाई छाडेर अन्य कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । प्याट कमिन्सले अस्ट्रेलियाका लागि ६२ रनमा ३ विकेट लिए । अब दोस्रो वान डे शनिबार सिड्नीमा हुनेछ ।

प्रकाशित : मंसिर १, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?