कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालको जितमा अन्जनको निर्णायक गोल 

हिमेश

काठमाडौँ — नेपालले पाकिस्तानविरुद्ध बुधबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल १-० ले जितेको छ । त्यस जितमा अन्जन विष्टले ८३ औं मिनेटमा निर्णायक गोल गरे ।

नेपालको जितमा अन्जनको निर्णायक गोल 

गोलरहित पहिलो हाफमा दुवै टिमले उल्लेखनीय आक्रमण बुन्न सकेन । नेपालले खेल नियन्त्रणमा राखे पनि निर्णायक प्रदर्शन गर्न सकेन । दोस्रो हाफमा सब्टिच्युट खेलाडीका रुपमा आभास लामिछानेले डेब्यु गरे ।

दोस्रो हाफमा पनि दुवै टिमको आक्रमण कमजोर रह्यो । तर खेल सकिन सात मिनेट अगाडि सुनील बलको पासमा अन्जनले नजिकको दूरीबाट गोल गरे । नेपालका लागि यो उनको ११ औं गोल हो ।

नेपालले रोहित चन्दको नेतृत्व खेलेको यो पहिलोपल्ट हो । दशरथ रंगशालामा नेपालको यो ऐतिहासिक ५० औं खेल हो । प्रशिक्षक प्रवेश कटुवालले नेपाली टिम सम्हालेको पनि पहिलो अवसर हो ।

यस्तै पाकिस्तानले फिफाको निलम्बनपछि खेलेको यो नै पहिलो आधिकारिक खेल हो । प्रतिबन्धको कारण पाकिस्तान तीन वर्ष आधिकारिक फुटबलवाट बाहिर रहेको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?