३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पदक विजेता सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर जिल्ला खेलकुद विकास समितिले नवौं राष्ट्रिय खेलकुदका पदक विजेता ललिपतुरका खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

पदक विजेता सम्मानित

विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य गरी ७३ पदक विजेतालाई सम्मान गरिएको हो । ललितपुरका खेलाडीले २० स्वर्ण, ३१ रजत र २२ कांस्य जितेका थिए । स्वर्णलाई ५ हजार, रजतलाई ३ हजार र कांस्यलाई २ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।

उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाली कांग्रेसका नेता मदनबहादुर अमात्य, ललितपुर क्षेत्र २ ‘ख’ का कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकारलगायतले सम्मान प्रदान गरे ।

प्रकाशित : कार्तिक २८, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?