१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा एकल उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष फाइनलमा नेपालका नम्बर एक खेलाडी प्रदीपले ऋतिक रानालाई ६–४, ६–४ ले पराजित गर्दै उपाधि जिते । प्रदीप नवौं राष्ट्रिय खेलकुदका स्वर्णविजेता हुन् । निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहे ।

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन

महिलातर्फ अभिलाषाले सुनिरा थापालाई ६–२, ७–६ ले हराइन् । महिलातर्फ आइसा डोल्कर गुरुङ र सर्भांनी श्रेष्ठ संयुक्त तेस्रो भए । महिला र पुरुष एकल विजेताले ८० हजार, उपविजेताले ४० र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

पुरुष डबल्सको उपाधि ऋतिक र निशानको जोडीले जित्यो । उनीहरूले प्रदीप र प्रणवको जोडी हराए । सक्षमविक्रम शाह र राजवीर प्रधान तथा केशव गौचन र सौरभ पन्तको जोडी तेस्रो भए ।

पुरुष ३५ वर्षमाथिको एकल उपाधि कमलबहादुर भण्डारीले जिते । उनले जितेन्द्र परियारलाई हराए । सन्तोष खत्री र सीमान्त गुरुङ तेस्रो भए । ४५ वर्षमाथि उपाधि महेश श्रेष्ठले उपाधि जिते । विमलकुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोजविक्रम शाह तेस्रो भए ।

५५ वर्षमाथिको उपाधि विमलकुमार गुरुङले हात पारे । उनले उत्तमकुमार लामालाई हराए । जीवन घिमिरे र नीराजन श्रेष्ठ संयुक्त तेस्रो भए । ६५ वर्षमाथिको उपाधि विदुर विष्टले जिते । ज्ञानेन्द्रमान ताम्राकार दोस्रो र हर्कबहादुर गुरुङ तेस्रो भए ।

३५ वर्षमाथि पुरुष डबल्समा भण्डारी जोडी कमल र यज्ञले उपाधि जितेका छन् । सन्तोष खत्री र सीमान्त गुरुङको जोडी दोस्रो भयो । राजु क्षेत्री र ईश्वर जिसी तथा नरेशबहादुर र विनयमान तुलाधरको जोडी तेस्रो भए ।

पुरुष ४५ वर्षमाथि डबल्स उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पार्‍यो । सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो भयो । ५५ वर्षमाथि पुरुष डबल्स उपाधि कृष्ण घले र सुवर्ण धाख्वाको जोडीले जित्यो ।

यू–८ गर्ल्सको उपाधि सारा पन्तले थिया श्रेष्ठलाई हराएर जितिन् । निम्ति कुँवर र प्रकृति ज्ञवाली तेस्रो भए । यू–८ ब्वाइजको उपाधि आर्यशराज पौडेलले सभ्यजंग कार्कीलाई हराएर जिते । यू–९ ब्वाइजको उपाधि आर्यशले नै जिते ।

यू–९ गर्ल्सको उपाधि अनुश्री धोजुले जितिन् । जेनिशा ज्ञवाली दोस्रो भइन् । यू–१० को ब्वाइजतर्फ सुजन कुइँकेलले उपाधि जित्दा युभेनमान श्रेष्ठलाई हराएका थिए । यू–१० गर्ल्समा साल्भी शेरचनले मेरिसा थापालाई हराएर उपाधि जितिन् ।

यू–१२ गर्ल्समा शिभाली गुरुङ पहिलो र स्वस्तिका विष्ट दोस्रो भए । यू–१२ ब्वाइजको उपाधि वृजेश अर्यालले जित्दा असभ हाडा दोस्रो भए ।

यू–१४ गर्ल्सको उपाधि सुनिरा थापाले जित्दा सिभाली गुरुङ दोस्रो भइन् । सोही विधामा ब्वाइजतर्फ आयुषमान हजुर घलेले बोरिस अधिकारीलाई हराएर उपाधि जिते ।

जुनियरबाहेक सबै इभेन्टका विजेता खेलाडीले नगद पुरस्कार पाएका थिए ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगितामा २३ इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह, नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणा, प्रतियोगिता संयोजक भाष्करमान सिंह, आयोजक संयोजक सन्जिव तुलाधर, कमिटीका सल्लाहकार राजीव श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रकाशित : कार्तिक २६, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?