१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिनियर गर्ल्स बास्केटबलमा इनोभेटिभ विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — इनोभेटिभ आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शुक्रबार क्वाटरफाइनल पुगेको छ । इनोभेटिभले लोक आदर्शलाई ६–२ स्कोरले पराजित गर्‍यो ।

इनोभेटिभकी पूजा थापाले ४ स्कोर गरिन् । गर्ल्समै दियाको ४ स्कोरमा न्यु भिजनले जेसेसलाई १६–४ ले हराउँदै क्वाटरफाइनल सुरक्षित गर्‍यो ।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९–२ ले हराएर क्वाटरफाइनल तय गर्‍यो । भ्यालीका रोहित शर्माले ४ स्कोर जोडे ।

सिनियर ब्वाइजमा पुष्पसदनले जुब्लियन्टलाई २६–१४, आयोजक रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ३८–१६, हार्टल्यान्डले हेम्सलाई ३६–२९ र जेनिथले द एक्सेल्सियरलाई ३६–७ स्कोरले हराएर प्रिक्वाटरफाइनलमा स्थान बनाए ।

पुष्पसदनका मिलन कुँवरले १३, रेडियन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशील शाहीले १७ स्कोर गरेका थिए ।

प्रकाशित : कार्तिक २५, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?