१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्कुल बास्केटबलमा रेडियन्ट विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक रेडियन्ट पब्लिकले आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सफलता पाएको छ ।

स्कुल बास्केटबलमा रेडियन्ट विजयी

घरेलु कोर्टमा रेडियन्टले बुधबार रिब्सलाई १८–७ स्कोरले पराजित गर्‍यो । रेडियन्टकी दिव्यांशा कार्कीले ८ स्कोर जोडिन् । रेडियन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनल पुग्यो । रिब्स पनि समूह उपविजेताका भएर क्वाटरफाइनल पुग्यो ।

गर्ल्समै इनोभेटिभले सनसाइनलाई ११–६ र स्वर्णिमले विल्सनलाई ११–५ ले हराए । इनोभेटिभकी पूजा थापाले ८ र स्वर्णिमकी अरिभानाले १० स्कोर गरे ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (ईबीए) ले रेडियन्ट रिडर्सलाई ३७–२४ ले हराएर प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । ईबीएका सौगातले १७ स्कोर जोडे । जेनिथले बौद्ध चिल्ड्रेन हेभनलाई ३५–१४, काठमाडौं जेभियरले हार्टल्यान्डलाई ४०–३६ तथा स्वर्णिमले नेपाल सेन्ट्रललाई ३१–१८ ले निराश पारे । जेनिथका सुशील शाहीले १४, काठमाडौं जेभियरका आदित्यले १० र स्वर्णिमका दीपेश शाक्यले १७ स्कोर बनाए ।

जुनियर ब्वाइजमा ईबीएले ओरेकल रेमाथि २६–३ स्कोरको सहज जित दर्ता गर्‍यो । ईबीए क्वाटरफाइनलमा पुग्यो । टोलीका निखिल शाहीले २० स्कोर गरे । जुनियर ब्वाइजमै विधान कार्कीको १० स्कोरमा आयोजक रेडियन्टले महामन्जुश्रीलाई १३–१० स्कोरले हरायो ।

प्रकाशित : कार्तिक २३, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?