१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भुटानलाई हराएर नेपाल शीर्षमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वुमेन्स यू–१५ साफ च्याम्पियनसीपको शीर्ष स्थानमा उक्लेको छ । नेपालले बुधबार बंगलादेशको ढाकामा भएको खेलमा भुटानलाई १–० ले हराएको हो । नेपालको यो लगातार तेस्रो जित पनि हो ।

भुटानलाई हराएर नेपाल शीर्षमा

नेपालका लागि सब्टिच्युट सेनु परियारले निर्णायक गोल गरिन् । गोलरहित बराबरीपछि उनले ४९ औं मिनेटमा गोल गरिन् । उनी वर्षा ओलीको स्थानमा मैदानमा छिरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो ।

यस्तै नेपालको एक जित बंगलादेशविरुद्ध रहेको छ । नेपालको तीन खेलबाट ९ अंक भएको छ । लगातार चौथो हार बेहोर्दै भुटानले निराशाजनकरूपमा प्रतियोगिता टुंग्याएको छ ।

प्रकाशित : कार्तिक २३, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?