नेपालको भुटानमाथि ७ गोलको जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको भुटानमाथि ७ गोलको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले यू–१५ वुमेन्स साफ च्याम्पियनसिपमा बिहीबार भुटानमाथि ७–० को सानदार जित निकालेको छ । बंगलादेशको ढाकामा भएको खेलमा नेपाल पहिलो हाफमा ४ गोलले अगाडि रहेको थियो । नेपालका लागि वर्षा ओलीले ४ गोल गरिन् ।

यस्तै सुक्रिया मियाँले २ तथा सेनु परियारले १ गोल गरे । खेलको अन्त्यमा भुटान १० खेलाडीमा सीमित रहेको थियो । यो जितसँगै नेपालले ३ अंक बटुलेको छ र ३ टिम सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हारले भुटान शून्य अंकमा छ ।

शीर्षमा बंगलादेशको पनि ३ अंक छ । बंगलादेशले यसअघि भुटानलाई ८–० ले हराएको थियो । डबल रोउन्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।

प्रकाशित : कार्तिक १७, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्

ब्राउन सुगरसहित युवक पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित एक युवकलाई पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका ३ का २५ वर्षीय आश्वासन जंग शाहीलाई लमजुङको मध्यनेपाल नगरपालिका ४, दुईपिप्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी प्रकाश श्रीमलका अनुसार तनहुँबाट लमजुङतर्फ आएका उनी दुईपिप्लेमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा खानतलासी गर्दा उनका साथबाट अवैध लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने ० दशमलव २२० ग्राम बरामद गरिएको छ । शाहीले उक्त वस्तु ब्राउन सुगर भएको प्रहरीलाई बताएको छ ।

दुईपिप्लेमा बुधबार पक्राउ गरिएका उनलाई बिहीबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार शाहीविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरीका अनुसार लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को देहाय खण्ड ‘छ’ १ नं. बमोजिम २५ ग्रामसम्मको लागूऔषध (ब्राउन सुगर) कारोबार गर्ने व्यक्तिलाई १० बर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित : कार्तिक १७, २०७९ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×