नेदरल्यान्डसँग हारेपछि जिम्बावेको सम्भावना लगभग समाप्त

एजेन्सी

एडिलेड — नेदरल्यान्ड्सले ट्वान्टी- २० विश्वकप सुपर–१२ को ग्रुप–२ मा जिम्बावेविरुद्ध पाँच विकेटको जित रचेको छ । बुधबार भएको खेलमा हारसँगै जिम्बावेको सेमिफाइनल सम्भावना लगभग समाप्त भएको छ । उसको सम्भावना अब गणितीय मात्र हो ।

नेदरल्यान्डसँग हारेपछि जिम्बावेको सम्भावना लगभग समाप्त

जिम्बावे चार खेलबाट तीन अंकमै सीमित रह्यो । सुपर–१२ मा उसको नेदरल्यान्ड्समाथि पहिलो जित हो र चौथो खेलमा आएर दुई अंक बटुलेको छ ।

जितका बावजुद नेदरल्यान्ड्स अझै अंक तालिकाको पुछारमा छ र उसको सेमिफाइनल सम्भावना समाप्त भइसकेको छ । जितका लागि १ सय १८ रन पछ्याएको नेदरल्यान्ड्सले पाँच विकेट गुमाएर १८ ओभरमा १ सय २० रन बनायो । उसका लागि प्रारम्भिक ब्याटर म्याक ओडोडले ४७ बलमा ५२ रन बनाएर जितको आधार तयार पारे । उनले आठ चौका र एक छक्का प्रहार गरेका थिए ।

यस्तै, टम कुपरले २९ बलमा ३२ रन नाए । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले पर्याप्त स्कोर खडा गर्न सकेन । उसले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो र त्यसमा सिकन्दर राजा एक्लैको ४० रनको योगदान रह्यो । उनले २४ बलको सामना गरेर तीन चौका र तीन छक्का प्रहार गरे । डच बलरमध्ये पयल भावन मेकेरनेल तीन विकेट लिएका थिए ।

प्रकाशित : कार्तिक १६, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?