कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पीएसजीको जितमा मेसी, एमबाप्पे र नेयमारको गोल

एजेन्सी

पेरिस — लियोनल मेसी, केयलिन एमबाप्पे र नेयमार तीनै जनाले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार ट्रोयसलाई ४–३ ले हराएको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले दुई पल्ट पछाडि रहेको स्थिति उल्टाएको हो ।

पीएसजीको जितमा मेसी, एमबाप्पे र नेयमारको गोल

मेसी र नेयमारले एक एक गोल गर्ने अर्को एक एक गोलमा अवसर पनि सिर्जना गरे । एमबाप्पेले भने पेनाल्टीबाट गोल गरे । यो सिजन यी तीन खेलाडी संयुक्त रूपमा ४३ गोल गरिसकेको छन् ।

पीएसजीको यो जितपछि १३ खेलबाट ३५ अंक भएको छ । शनिबारकै अर्को खेलमा स्ट्रसबर्ग र मार्सेले २–२ को बराबरी खेले । मार्से २४ अंकमा पाँचौं स्थानमा छ ।

प्रकाशित : कार्तिक १३, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?