भारतको लगातार दोस्रो जित

एजेन्सी

सिस्नु — भारतले ट्वान्टी-२० विश्वकपमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । उसले नेदरल्यान्डस्लाई ५६ रनले पराजित गर्‍यो । डच टिमको भने यो लगातार दोस्रो हार हो ।

भारतको लगातार दोस्रो जित

जितका लागि १ सय ८० रन पछ्याएको नेदरल्यान्ड्सले नौ विकेटमा १ सय २३ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि गतिलो योगदान दिन सकेनन् । टिम पिन्जलको २० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । त्यसमा तीन ब्याटरले अर्ध शतक बनाए । कप्तान रोहित शर्माले ५३, विराट कोहलीले ६२ र सूर्यकुमार यादवले ५१ रन बनाए ।

यो जितले भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

प्रकाशित : कार्तिक १०, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?