कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
ट्वान्टी–२० विश्वकप

हुन सकेन न्युजिल्यान्ड र अफगानिस्तान बीचको खेल

एजेन्सी

मेलबर्न — लगातारको वर्षाका कारण ट्वान्टी–२० विश्वकप सुपर–१२ ग्रुप–वानको न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल बुधबार हुन सकेन । एक बल पनि नखेलेर यो प्रतिस्पर्धा सकिएको हो । यस नतिजापछि दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् ।

हुन सकेन न्युजिल्यान्ड र अफगानिस्तान बीचको खेल

यसपल्टको विश्वकपमा एकै बल नखेलेर टुंगिएको यो नै पहिलो खेल हो । यस अगाडि ग्रुप–टुमा दक्षिण अफ्रिका र जिम्बावे बीचको खेल पनि पूरा हुन सकेको थिएन र प्रतिस्पर्धा नतिजाविहीन रह्यो ।

ग्रुप–वानका सबै छ टिमले दुई/दुई खेल खेलिसक्दा न्युजिल्यान्ड तीन अंकमा शीर्ष स्थानमा छ । त्यसपछि समान दुई अंकमा श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलिया रहेका छन् । अफगानिस्तान भने अहिलेसम्म जितहीन रहेको छ र उसको एक अंक मात्र रहेको छ ।


प्रकाशित : कार्तिक ९, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?