१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
टी-२० विश्‍वकप

पाकिस्तानमाथि भारतको अन्तिम बलमा जित

एजेन्सी

मेलबर्न — भारतले ट्वान्टी-२० विश्वकप सुपर–१२ को समूह–२ मा आइतबार पाकिस्तानलाई सनसनीपूर्ण रूपमा चार विकेटले हराएको छ । जितका लागि १ सय ६० रन पछ्याएको भारतले अन्तिम बलमा विजयी रन बटुलेको थियो ।

पाकिस्तानमाथि भारतको अन्तिम बलमा जित

रविचन्द्रन आश्विनले विजयी रन बटुले र भारत ६ विकेट गुमाएर जितसम्म पुगेको हो । भारतको जितका नायक भने विराट कोहली रहे । यससँगै उनले हारको संघारमा रहेको भारतलाई सम्झनालायक जित दिलाएका थिए ।

कोहलीले ५३ बलमा ८२ रन जोडेका थिए । उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए । भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । कोहलीले १९ औं ओभरको अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै भारतलाई खेलमा फर्काएका थिए ।

कोहलीले पान्ड्यासँग चौथो विकेटका लागि १ सय १३ रनको साझेदारी गरे । पान्ड्याले ३७ बलमा ४० रन बनाए । भारतले १० रन बनाउँदासम्म कप्तान राहुल शर्मा र केएल राहुललाई गुमाएको थियो । टस जितेर भारतले पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । त्यसक्रममा पाकिस्तानले ८ विकेटमा १ सय ५९ रन बनाएको थियो ।

सस्तोमै प्रारम्भिक ब्याटर जोडी गुमाएको पाकिस्तानका लागि सन मसुदले ५२ र इफटिखर अहमदले ५१ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । मसुदले नटआउट रहने क्रममा ४२ बलमा पाँच चौका प्रहार गरे । अहमदले भने ३४ बलमा दुई चौका र चार छक्का प्रहार गरे । भारतीय बलरमध्ये पान्ड्याले ३० रनमा तीन विकेट लिए ।

प्रकाशित : कार्तिक ६, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?