कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वेस्ट इन्डिजको जितपछि रोमाञ्चक मोड

एजेन्सी

होबार्ट — वेस्ट इन्डिजले ट्वान्टी-२० विश्वकपमा बुधबार जिम्बावेलाई ३१ रनले हराएपछि प्रतियोगिताको प्रारम्भिक चरणको समूह ‘बी’ रोमाञ्चक मोडमा पुगेको छ । समूहका चारै टिमले दुई/दुई खेल खेल्दा समान एक/एक जित हात पारेका छन् ।

वेस्ट इन्डिजको जितपछि रोमाञ्चक मोड

दुईपटकको च्याम्पियन वेस्ट इन्डिज र जिम्बावेसँगै स्कटल्यान्ड र आयरल्यान्ड सबैको दुई अंक रहेको छ । जितका लागि १ सय ५४ रनको लक्ष्य पाएको जिम्बावेले १८.२ ओभरमा १ सय २२ रनले बनाएर अलआउट भएको हो । उसका लागि तल्लो क्रमका ब्याटर लुक जोङ्वेले बनाएको २९ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो ।

यस्तै प्रारम्भिक ब्याटर वेस्ली माधेभेरेले २७ रनको योगदान दिए । वेस्ट इन्डिजका बलरमध्ये अल्जरी जोसेफले १६ रन चार दिएर विकेट लिए र उनी नै जितका नायक रहे ।

त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटमा १ सय ५३ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याटर जोनसन चार्ल्सले सर्वाधिक ४५ रन बनाए । उनले ३६ बलको सामना गरेर तीन चौका र दुई छक्का प्रहार गरे । जिम्बावेका लागि सिकन्दर राजा बलबाट चम्के र उनले १९ रनमा तीन विकेट लिए ।

प्रकाशित : कार्तिक २, २०७९ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?