त्रिभुवन आर्मी क्लबकी चौधरीले जितिन् सय मिटर दौडमा स्वर्ण
पोखरा — नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण जितेकी छिन् ।
पोखरामा शनिबार भएको दौडमा सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई तोड्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
सरस्वतीले निर्धारित दुरी १२.१३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छन् । यसअघि निशाले हिटमा १२.१५ सेकेन्डमा सय मिटर दुरी पार गर्दै देवीमाया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुद (साग) मा राखेको कीर्तिमानलाई तोडेकी थिइन् ।
हिटमा कीर्तिमान बनाउन सफल भएकी निशाले फाइनल चरणमा भने १२.२२ सेकेण्डमा मात्रै सय मिटर दौड पूरा गरिन् । र, रजतमा चित्त बुझाइन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेन्डमा दूरी पार गर्दै कास्य जितिन् ।
प्रकाशित : आश्विन २९, २०७९ १३:१७